भारतमा एक्चुअरीको संख्या अपर्याप्त, नेपालमा कस्तो पर्ला प्रभाव ?

2021-03-11
भारतमा एक्चुअरीको संख्या अपर्याप्त, नेपालमा कस्तो पर्ला प्रभाव ?

काठमाण्डौ । भारतमा एक्चुअरीको संख्या अपर्याप्त देखिएको छ। भारतमा सन् २०१९ को तुलनामा सन् २०२० मा जम्मा १९ जना नयाँ एक्चुअरी थपिएका छन्। भारतको नियामक इन्सुरेन्स रेगुलेटरी एण्ड डेभलपमेन्ट अथोरिटी(आईआरडीएआई)का अध्यक्ष डा.सुवास सी खुन्टीयाले यस्तो बताएका हुन्। 

लाइभ मिन्टका अनुसार भारतमा गत वर्षको अन्त्यसम्म ४५८ जना एक्चुअरी रहेका थिए। ‘अहिले हामीसँग पूर्ण रपमा कार्यरत ४५८, १६५ जना असोसियट्स, र ७ हजार ५ सय विद्यार्थी एक्चुअरीहरु छन्। बीमा कम्पनीहरु तथा बीमा व्यवसायको बढ्दो संख्यासँगै एक्चुअरीहरुको संख्या पनि बढ्न आवश्यक छ। अझै भारतको बीमा व्यवसायले विश्वको कुल बीमा उद्योगको १.७ प्रतिशत हिस्सा ओगटेकाले यो संख्या वृद्धि हुन झनै आवश्यक देखिन्छ।’ अध्यक्ष डा. खुन्टीयाले भर्चुअल एक्चुरीयल कन्क्लेभ २०२१ मा भने। 

‘भारतमा हामीले एक्चुअरीको संख्या यथाशिघ्र १ हजारदेखि १२ सयसम्म बढाउनुपर्ने देखिन्छ।’ उनले भने। उनले भारतमा एक्चुअरीको संख्या अप्रयाप्त भएको र विभिन्न क्षेत्रमा यसको असमान वितरण भएको बताए। ‘ भारतको जनरल इन्स्योरेन्स क्षेत्रमा विशिष्टकृत एक्चुअरीहरुको अभाव छ।’ 

यस्तै उनले जलवायू परिवर्तन र कोरोना महामारी जस्ता अनिश्चित घटनाहरुको प्रभाव मूल्यांकन गर्न र बीमा कम्पनीका प्रडक्टहरुको डिजाइन र मूल्य निर्धारण पोलिसीहोल्ड र बीमा कम्पनीको स्वार्थ अनुरुप सन्तुलीत रुपमा निर्धारण गर्न एक्चुअरीहरुको भुमिका अहम् हुने बताए।   

भारतमा नै एक्चुअरीको संख्या अपर्याप्त भएपछि यसले नेपाललाई समेत प्रभाव पार्ने देखिन्छ। नेपालको बीमा क्षेत्र बीमांकीय मुल्यांकनका लागि भारतमा निर्भर रहँदै आईरहेको छ। बीमा क्षेत्रको एक्चुअरी अर्थात बीमांकीय मुल्यांकनका लागि जनशक्तीको अभावका कारण नेपाली बीमा कम्पनीहरु भारतका एक्चुअरीहरुमा निर्भर रहदै आएका छन्। एक्चुअरीका ेअभावका कारण वर्षेनी करडौ रुपैयाँ देशबाट बाहिरिरहेको छ।

मा व्यवसायका महत्वपूर्ण कार्यहरु बीमालेख तयार पार्न, बीमाशुल्क निर्धारण गर्न, बीमा दाबी पर्न सक्ने संख्याको पूर्वानुमान, कम्पनीको सम्पत्ति तथा दायित्वको अवस्थाको मूल्याङ्कन, बीमितलाई प्रदान गर्नुपर्ने बोनस दर निर्धारण गर्न एक्चुअरी आवश्यक पर्दछ । एक्चुअरीको जनशक्ति उत्पादन गर्न नसक्दा उच्च पारिश्रमिक पाउने यो पेशाको लागि बिदेशिहरुले काम गर्दै आइरहेका छन् ।

एक्चुअरीको अभावलाई मध्यनजर गर्दै त्रिभुवन विश्वविद्यालयमा विगत चार वर्षदेखि एक्चुरीको प्रारम्भिक अध्ययापन गराउदै आएको छ । त्रिभुवन विश्वविद्यालयले विज्ञान संकायअन्र्तगत २०७३ साल असोजबाट बीमांकी विषय अध्यापन गराउँदै आएको छ ।

 


Share this with your friends: