भारतमा कोरोना मृत्यु दर र दाबी संख्याबीच ठूलो अन्तर, अन्डर इन्स्योरेन्स भएको संकेत

2021-06-03
भारतमा कोरोना मृत्यु दर र दाबी संख्याबीच ठूलो अन्तर, अन्डर इन्स्योरेन्स भएको संकेत

काठमाण्डौ । भारतमा कोरोनाबाट भएका वास्तविक मृत्यु र मृत्यु दाबीको संख्याबीच ठूलो अन्तर देखिएको छ । यसले भारतको इन्स्योरेन्स पेनिट्रेसन रेट(बजार प्रवेश दर) न्युन भएको संकेत गरेको विज्ञहरुले बताएका छन् । 

मे २६ सम्मको आकँडाअनुसार भारतमा कोरोनाबाट मृत्यु हुनेको आधिकारीक संख्या ३ लाख ११ हजार ३८८ रहेको छ । यसबीचमा अहिलेसम्म कोरोबाट मृत्यु भएका ३५ हजार ५०० सय मृत्यु दाबी परेको छ । जसमध्ये २९ हजार ३०० सय दाबी भुक्तानी गरिएको छ । 

‘भारतमा ठूला मेट्रो र अर्ध शहरी क्षेत्रहरुमा मात्रै बीमा सचेतना रहेको छ । देशमा सामाजिक सुरक्षाको कुुनै पनि व्यवस्था नभएको अवस्थाका बाबजुत जीवन बीमा ‘पूस प्रडक्ट’ को रुपमै रहेको छ । र यो भारतको न्यून कोरोना मृत्यु दाबीबाट प्रतिबिम्बत भएको छ ।’ इन्सुररिस्क कन्सल्टीङका सीईओ सुरेश भट्ले भने । 

सन् २०२० को आर्थिक वर्षमा भारतको समग्र इन्स्योरेन्स पेनिट्रेसन दर ३.७६ प्रतिशत रहेको थियो । यसमा जीवन बीमातर्फको पेनिट्रेसन दर २.८२ र निर्जीवन बीमाको ०.९४ प्रतिशत रहेको थियो । सन् २०१९ को आर्थिक वर्षमा समग्र इन्स्योरेन्स पेनिट्रेसन दर ३.७१ प्रतिशत रहेको थियो । यसमा जीवन बीमातर्फको पेनिट्रेसन दर २.७४ र निर्जीवन बीमाको ०.९७ प्रतिशत रहेको थियो ।

 


Share this with your friends: