भारतमा कोरोना संक्रमणबाट निको भएकाहरुले नयाँ बीमा पोलिसी खरिद गर्न तीन महिना कुर्नुपर्ने

2022-01-18
भारतमा कोरोना संक्रमणबाट निको भएकाहरुले नयाँ बीमा पोलिसी खरिद गर्न तीन महिना कुर्नुपर्ने

काठमाण्डौ । भारतमा कोरोना संक्रमणबाट निको भएकाहरुले नयाँ बीमा पोलिसी खरिद गर्न तीन महिना कुर्नुपर्ने भएको छ। कोभिड–१९ को मृत्युदरलाई मध्यनजर गर्दै भारतीय बीमकहरुले नयाँ पोलिसी बिक्री गुर्नअघि संक्रमितको स्वास्थ्य जोखिम मूल्यांकन गर्न नयाँ व्यवस्था गरेका हुन्। 
बीमकहरुले अन्य रोगहरुमा जस्तै कोरोनाभाइरसमा पनि तीन महिनाको ‘वेइटिङ पिरियड’लागु गरेका हुन्। भारतमा एक देखि तीन महिनासम्मको वेइटिङ पिरियड हुने गर्छ। 

उच्च मृत्युदरका कारण पुनर्बीमा व्यवसाय प्रभावित बनेपछि पुनर्बीमकहरुले भारतीय बीमकहरुलाई स्ट्याण्डर्ड वेइटिङ पिरियडको आवश्यकता लागू गर्न आह्वान गरेको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ। 

वेइटिङ पिरियडको व्यवस्था जीवन बीमा पोलिसीहरुका लागि मात्रै लागू गरिने जनाइएको छ। स्वास्थ्य बीमा पोलिसीहरुका लागि भने यो व्यवस्था लागू हने छैन। 

 


Share this with your friends: