मञ्जुश्री फाइनान्स र ज्योति विकास बैंकको संस्थापक सेयर लिलामीमा राखिने

2021-09-15
मञ्जुश्री फाइनान्स र ज्योति विकास बैंकको संस्थापक सेयर लिलामीमा राखिने

काठमाण्डौ । एनआईबिएल एस क्यापिटल लिमिटेडले मञ्जुश्री फाइनान्स लिमिटेड र ज्योति विकास बैंकको संस्थापक सेयर लिलामीमा राख्ने भएको छ । क्यापिटलले  मञ्जुश्री फाइनान्सको ५९ हजार १६६ कित्ता र ज्योति विकास बैंकको १ लाख ८१ हजार ४७० कित्ता गरी कुल २ लाख ७६ हजार ६३६ कित्ता सेयर भोलि(भदौ ३१ गते)देखि लिलामीमा राख्न लागेको हो । 

यो सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोहि व्यक्ति, कम्पनी तथा संघ संस्थाहरुले बोलपत्र आवेदन पेस गर्न सक्नेछन् ।
मञ्जुश्री फाइनान्सको न्यूनतम मूल्य प्रतिकित्ता २७५ र ज्योति विकास बैंकको १८५ रुपैयाँ निर्धारण गरिएको छ । दुवै कम्पनीको सेयर खरिदका लागि न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । 
 
लगानीकर्ताले एनआईबिएल ए िक्यापिटल लिमिटेड लाजिम्पाट काठमाण्डौमा आईपुग्ने गरी आगामी कात्तिक ३ गतेसम्म बोलपत्र आवेदन पेस गर्नुपर्नेछ । 


Share this with your friends: