मन्जुश्री फाइनान्सको संस्थापक सेयरमा आवेदन पेस गर्ने आज अन्तिम दिन

2021-08-24
मन्जुश्री फाइनान्सको संस्थापक सेयरमा आवेदन पेस गर्ने आज अन्तिम दिन

काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडको लिलामीमा राखिएको संस्थापक समूहतर्फको १२ हजार कित्ता बढी सेयरमा बोलपत्र आवेदन पेस गर्ने आज(भदौ ८ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन १४ गतदेखि कम्पनीको १२ हजार ५८६ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो । 

यो सेयर खरिदका लागि विद्यमान इच्छुक संस्थापकहरु वा जो कोहि व्यक्ति, कम्पनी वा संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । 
लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ । यसर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ । सेयर खरिदका लागि न्यूनतम १०० कित्ताका लागि बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । अधिकतम सेयर संख्याका लागि भने कुनै सिमा तोकिएको छैन । 

लगानीकर्ताले आज बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड लाविम्पाट काडमाण्डौमा आईपुग्ने गरी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । 

विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिई सूचना प्रकाशित गरी ३५ दिनको समय दिइएकाले संस्थापक सेयरधनीहरुलाई छुट्टै ६५ दिनको सूचना प्रकाशित नगरिएको कम्पनीले जनाएको छ । 


Share this with your friends: