मर्जरमा गएका युनिक नेपाल र घाडीघोडा लघुवित्तको एकिकृत कारोबार पुस ३० देखि

2022-01-05
मर्जरमा गएका युनिक नेपाल र घाडीघोडा लघुवित्तको एकिकृत कारोबार पुस ३० देखि

काठमाण्डौ । मर्जरमा गएका युनिक नेपाल लघुवित्त र घाडीघोडा लघुवित्तले युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आगामी पुस ३० गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् ।    

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले घोडीघोडा लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव दुवै संस्थाको गत असोज ८ गते र १६ गते बसेको अलग अलग सम्पन्न  विशेष साधारण सभाबाट पारित गरिएको थियो ।  साधारण सभाबाट पारित भएको विशेष प्रस्तावलाई नेपाल राष्ट्र बैंकले गत असोज २९ गते अन्तिम स्वीकृती प्रदान गरेको थियो। यसपश्चात कम्पनीको रजिष्ट्रारको कार्यालयले पुस २० गते दुई कम्पनीबीच भएको प्राप्ति सम्झौतालाई अन्तिम स्वीकृती प्रदान गरेको थियो। 

प्राप्तिपश्चात कायम युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रिय कार्यालय साबिककै कोहलपुर नगरपालिका वडा न.११ मै रहने छ । 


Share this with your friends: