महामारीका कारण दाबी प्रवृत्ति र जोखिम बहनमा आमूल परिवर्तन

2020-10-07
महामारीका कारण दाबी प्रवृत्ति र जोखिम बहनमा आमूल परिवर्तन

काठमाण्डौ । कोरोना महामारीका कारण बीमा क्षेत्रको दाबी प्रवृत्ति र जोखिम बहनहरु मध्य र दिर्घकाल दुवैमा विकसीत हुने सम्भावना देखिएको छ। 
बीमाको विभिन्न लाइनहरुको दावि प्रवृत्तिमा कोरोना महामारीको प्रभाव र भविष्यमा उनीहरुको विकास कसरी हुन्छ भन्ने कुरालाई एलियान्ज ग्लोबल कर्पाेरेट एण्ड स्पेशलीटी(एजीसीएस)को “कोभिड १९–चेन्जीङ क्लेम्स प्याटर्नस” नामक रिपोर्टमा पहिचान गरिएको छ। 

कोरोना महामारी नियन्त्रण गर्न जारी लकडाउनले गर्दा आर्थिक गतिविधिमा आएको गिरावट सँगै रिपोर्टले हवाई र कार्गाे क्षेत्रमा परम्परागत सम्पत्ति तथा दायित्व दाविमा कमी आएको जनाएको छ। यसका साथै अन्य धेरैजसो उद्योगहरुमा कामका क्रममा, सडक र सार्वजनिक स्थानहरुमा भइरहेका निम्न दुर्घटनाहरुका कारण परम्परागत दावि भुक्तानीमा कमी आइरहेको उल्लेख गरिएको छ ।  

यद्यपी एजीसीएस ग्लोबलको क्लेम डिपार्टमेन्टका प्रमुख फिलिप क्रेमरले महामारीको दौरान आफ्नो कम्पनीले व्यवसायका केहि लाइनहरु जस्तै मनोरञ्जन क्षेत्रमा बीमाको दाबी भुक्तानीमा बढोत्तरी आएको देखेको बताएका छन्। 

“ लामो समयको सुस्ततापछि उद्योग कलकाराखाना र व्यापार व्यवसाय पुनः सुचारु भइरहेकाले अझै पनि दाविहरु आउन सक्ने सम्भावना देखिन्छ।” उनले भने। 

लोयर्डले सन् २०२० मा बीमा उद्योगले कोरोना महामारी सँग सम्बन्धित करीब ११० बिलियन डलर बराबरको दाबी भुक्तानी हुने प्रक्ष्येपण गरेको छ। 
एजिसीएसले पनि लाइभ इभेन्टसहरु रद्द र मनोरञ्जन क्षेत्र अन्र्तगत फिल्म उत्पादनमा आउन सक्ने बाधाहरुका लागि भन्दै ५७१ मिलियन डलर कोभिड १९ संग सम्बन्धित दावि भुक्तानीका लागि रिजर्भ राखेको छ। 

“कोरोना महामारीले केहि क्षेत्रको जोखिम कम गरिदिएको छ भने अन्यको जोखिम परिवर्तन गर्नुका साथै बढाइदिएको छ। महामारीका कारण बीमा उद्योग र समाजमा आएको व्यापक परिवर्तनहरुले कर्पाेरेट इन्स्योरेन्स सेक्टरमा दिर्घकालमा दावि भुक्तानीको प्याटर्न र चलिरहेको घाटालाई व्यापक प्रभाव पार्ने देखिन्छ।” एजिसीएसको प्रमुख क्लेम अफिसर थोमस सेपले रिपार्टमा उल्लेख गरेका छन्। 

उनका अनुसार प्रविधिमा बढ्दो निर्भरता, हवाई यात्राको कटौति, हरित उर्जा, पूर्वाधारको विस्तार र विश्वव्यापी आपूर्ति श्रृंखलाको पुनर्विचारले सबै कम्पनी र उनीहरुको बीमकहरुको भावि घाटाहरुको प्रवृत्तिलाई प्रभाव पार्नेछ। 

 


Share this with your friends: