महामारीका बाबजुद अष्ट्रेलियाका युवाहरु धमाधम स्वास्थ्य बीमा रद्द गर्दै

2020-10-11
महामारीका बाबजुद अष्ट्रेलियाका युवाहरु धमाधम स्वास्थ्य बीमा रद्द गर्दै

काठमाण्डौ । अष्ट्रेलियामा आफ्नो निजी स्वास्थय बीमा रद्द गर्ने युवा जमातको संख्या बढ्दो पाइएको छ। सम्पूर्ण विश्वमा कोरोना महामारीको जोखिम कायम रहेकै बेला अष्ट्रेलियामा भने स्वास्थ्य बीमा रद्द गर्ने युवाहरुको संख्यामा बढोत्तरी आएको हो। 

अष्ट्रेलियाको फेडेरल गभर्मेन्ट अफ अष्ट्रेलियाद्वारा जारी गरिएको सूचना अनुसार सन् २०२० को मार्चदेखि जुन महिनाको बीच करीब २९ हजार भन्दा बढी अष्ट्रेलियन नागरिकहरुले आफ्नो निजी स्वास्थ्य बीमा रद्द गरेका छन्। 

कोरोना महामारीको सूरुवाति चरणमा अधिकांस मानिसहरुमा कोरोनाले उमेर ढल्केका र वृद्धवद्धाहरुलाई मात्रै जोखिम भएको र यसले युवाहरुलाई खासै प्रभाव नपार्ने भन्ने मानसिकता विकास भएको थियो। यसका साथै अधिकांस सर्जरी र नियमित आखा र डेन्टल अप्वइटन्मेन्ट पनि रद्द गरिएको थियो। 

जसका कारण मानिसहरुले आफ्नो इन्स्योरेन्सले कभर गरेका सेवाहरुमा पहँुच पुर्याउन सकेनन्। 

धेरैजसो युवा अष्ट्रेलियन नागरिकहरु बीमालाई आफ्नो पैसाको योग्न ठान्ने गर्दैनन्। एबिसी अष्ट्रेलियाका अनुसार गत त्रैमासमा बीमकहरुले अस्पताल सुविधाका लागि ३.३ बिलियन डलर भुक्तानी गरेका थिए। जुन अघिल्लो त्रैमासभन्दा १२.९ प्रतिशत कम हो। 

यस कारण अधिकांस अष्ट्रेलियन नागरिकहरुले कोरोना महामारीको जोखिमको बाबजुद पनि गत वर्षको तुलनामा स्वास्थ्य बीमामा लगानी गर्नु उचित ठानेनन्।   

यसरी अष्ट्रेलियाको बीमा उद्योगले वृद्ध र रोगको जोखिम भएका खर्चालु वर्ग बढोउदै जादा आफ्ना युवा र स्वस्थ ग्राहक गुमाउदै गयो। 

समाचारका अनुसार कोरोना महामारी अघिपनि अष्ट्रेलियनहरुले ठूलो संख्यामा आफ्नो मेडिकल इन्स्योरेन्स रद्द गरिरहेका थिए। फेडरल डेटाका अनुसार यो वर्षको जुन महिनासम्म २० वर्षदेखि ४९ वर्ष उमेरका ५६ हजार अष्ट्रेलियनहरुले आफ्नो इन्स्योरेन्स कभर रद्द गरेका थिए। 

यद्यपी सो अवधिमा व्यक्तिगत स्वास्थ्य बीमा गर्ने वयस्क अष्ट्रेलियनको संख्यामा वृद्धि भयो। यसरी एउटा उमेर समूहले बीमा त्यागदै गर्दा अर्काे समूह भने बीमा गर्नमा तल्लीन देखियो। 

यो घटनाको विकासक्रमले सन् २०२०को जुन सम्म त्यहाको बीमा उद्योगको कुल नाफा ४५.३ प्रतिशतले घट्यो। 

अप्ठेरो अवस्थामा परेको बीमा उद्योगलाई सहयोग गर्नका लागि त्यहाको सरकारले फन्डीङको घोषणा गर्दै युवा वर्गलाई व्यक्तिगत कभर लिन हतोत्साहित गर्ने पोलिसीहरुको पुर्नमुल्यांकन गरेको छ। अष्ट्रेलिया सरकारले कम्युनिटी रेटिङ सिस्टमका लागि २.४ मिलियन डलर छुट्याएको छ। यो रकम संघर्षरत निजी स्वास्थ्य बीमकहरुलाई प्रदान गरिएको २० मिलिडन डलरको प्याकेज अन्र्तगत प्रदान गरिएको हो। 

कम्युनिटी रेटिङ सिस्टममा जोखिमका बाबजुत पनि सबै पोलिसीहोल्डरहरुले एउटै प्रिमियर तिर्नुपर्छ भन्ने सिद्धान्त लागु हुन्छ। 

 


Share this with your friends: