काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ का लागि बैंकका सेयरधनीलाई लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्तापूँजीको २० प्रतिशत बोनस सेयर १.०५२६ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) गरी कुल २१.०५२६ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो।
यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरि सेयरधनीलाई वितरण गरिनेछ।