महिला लघुवित्तलाई बोर्डद्वारा आईपीओ निष्कासनको अनुमति

2021-01-28
महिला लघुवित्तलाई बोर्डद्वारा आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ। संस्थालाई नेपाल धितोपत्र बोर्ड(सेबोन)ले गत माघ १० गते आईपीओ निष्कासनको अनुमति दिएको हो। 

बोर्डले संस्थालालाई प्रतिकित्ता १०० अंकित दरका ४ लाख कित्ता आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो। आईपीओ निष्कासनको माग गर्दै महिला लघुवित्तले गत मंसिर ३ गते बोर्डमा निवेदन दिएको थियो। 

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा महिला लघुवित्तको मुनाफा गत वर्षको सोहि अवधिको तुलनामा १५९.४६ प्रतिशतले वृद्धि भएको छ। संस्थाले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय वितरणका अनुसार चालु आ.वको दोस्रो त्रैमासमा संस्थाको मुनाफा ५.४३ करोड ले वृद्धि भएको छ। गत आ.व वर्षको दोस्रो त्रैमासमा संस्थाको मुनाफा २.०९ करोड रहेको थियो। 

यसका साथै जाल्पा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने संस्थाको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले अनुमति प्रदान गरिसकेको छ।    

 


Share this with your friends: