महिला लघुवित्तको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

2021-03-15
महिला लघुवित्तको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको लिमिटेडको सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ।

आज नेप्सेमा कम्पनीको प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु. १०० अंकित दरका १० लाख कित्ता साधारण सेयर सूचीकृत भएको हो। संस्थाले आम सर्वसाधारणका निष्कासन गरेको ४ लाख कित्ता र संस्थापक समूहतर्फको ६ लाख कित्ता गरि कुल १० लाख कित्ता सेयर सूचीकृत भएको हो। 

नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम चैत १ गतेको निर्णयानुसार कम्पनीको सेयर सूचीकृत भएको जनाएको छ। 

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज प्रतिकित्ता ३१३.१६ रुपैयाँदेखि ९३९.४८ रुपैयाँ तोकेको छ। यस्तै आज नेप्से र कम्पनीबीच सेयर सूचीकरण सम्झौता सम्पन्न भएको छ। भोलिको प्रि ओपन सेसनमा यदि नेप्सेले तोकेको ओपनिङ रेञ्जभित्र कम्पनीको सेयर कारोबार भएमा कम्पनीको सेयर कारोबार नियमित समयमा सुचारु हुनेछ।    

 


Share this with your friends: