महिला लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग नियुक्त

2021-02-01
महिला लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग नियुक्त

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग लिमिटेड नियुक्त भएको छ ।

सेयर रजिष्ट्रारमा नियुक्त भएसँगै संस्थाको धितोपत्रकारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिलखारेज गर्ने, नामसारी गर्ने र शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने लगायत शेयर रजिष्ट्रेशन सँग सम्बन्धित सम्पूर्ण कार्यहरु नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गरेको संस्थाले जनाएको छ ।  

सेयर रजिष्ट्रारमा नियुक्त गर्ने सम्झौतामा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृतश्री देवराज अधिकारी र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीकृष्ण प्रसाद न्यौपानेले हस्ताक्षर गरे । 

नेपालएसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्वभएको सहायक कम्पनी हो ।

 


Share this with your friends: