महिला लघुवित्तको आईपीओ निष्कासन माघ २८ गतेदेखि

2021-02-01
महिला लघुवित्तको आईपीओ निष्कासन माघ २८ गतेदेखि


काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आउँदो माघ २८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले माघ २८ गतेदेखि ४ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। 

संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न लागेको हो। निष्कासन गर्न लागिएको कुल कित्तामध्ये ५ हजार कित्ता कर्मचारी र २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बाँकी ३ लाख ७५ हजार कित्ताका लागि भने सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन बन्द छिटोमा फागुन २ गते र ढिलामा फागुन १२ गते बैंकिङ समयपछि हुनेछ। 

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। 

आईपीओ निष्कासनको माग गर्दै महिला लघुवित्तले गत मंसिर ३ गते नेपाल धितोपत्र बोर्ड(सेबोन)मा निवेदन दिएकोमा बोर्डले गत माघ १० गते आईपीओ निष्कासनको अनुमति दिएको थियो ।  

 


Share this with your friends: