महिला लघुवित्तको आईपीओ निष्कासनको मिति परिवर्तन

2021-02-05
महिला लघुवित्तको आईपीओ निष्कासनको मिति परिवर्तन

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गर्ने भनिएको आईपीओको मिति परिवर्तन गरिएको छ । कम्पनीले आउँदो माघ २८ गतेदेखि निष्कासन गर्ने भनिएको आईपीओको मिति दुई दिन पछाडी धकेलिएको हो ।

सिडिएस एण्ड क्लियरीङ लिमिटेडले प्राविधिक कारण जनाई आईपीओ निष्कासनको मिति परिवर्तन गरी माघ ३० गतेदेखि निष्कासन गर्न अनुरोध गरे बमोजिम आईपीओ निष्कासनको मिति परिवर्तन गरिएको कम्पनीले जनाएका छ । कम्पनीले माघ ३० गतेदेखि ४ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न लागेको हो

कुल निष्कासनमध्ये २० हजार कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको र ५ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ । बाँकी रहेको ३ लाख ७५ हजार कित्ता भने आम सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो । निष्कासन गर्न लागिएको कुल कित्तामध्ये ५ हजार कित्ता कर्मचारी र २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बाँकी ३ लाख ७५ हजार कित्ताका लागि भने सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन बन्द छिटोमा फागुन ०४ गते र ढिलामा फागुन १४ गते बैंकिङ समयपछि हुनेछ। 

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। 

आईपीओ निष्कासनको माग गर्दै महिला लघुवित्तले गत मंसिर ३ गते नेपाल धितोपत्र बोर्ड९सेबोन०मा निवेदन दिएकोमा बोर्डले गत माघ १० गते आईपीओ निष्कासनको अनुमति दिएको थियो ।  

 


Share this with your friends: