महिला लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

2021-02-16
महिला लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले गत माघ ३० गतेदेखि रु.१०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। 
गत माघ २८ गते नै निष्कासन गर्ने भनिएको आईपीओको मिति परिवर्तन भएपछि आज(माघ ३० गते)देखि निष्कासन गरिएको थियो । सिडिएस एण्ड क्लियरीङ लिमिटेडले प्राविधिक कारण जनाई आईपीओ निष्कासनको मिति परिवर्तन गरी माघ ३० गतेदेखि निष्कासन गर्न अनुरोध गरे बमोजिम आईपीओ निष्कासनको मिति परिवर्तन गरिएको थियो । 

कुल निष्कासनमध्ये २० हजार कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको र ५ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ । बाँकी रहेको ३ लाख ७५ हजार कित्ता भने आम सर्वसाधारणका लागि निष्कासन गरिएको हो । निष्कासन गर्न लागिएको कुल कित्तामध्ये ५ हजार कित्ता कर्मचारी र २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बाँकी ३ लाख ७५ हजार कित्ताका लागि भने सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। 

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। 

आईपीओ निष्कासनको माग गर्दै महिला लघुवित्तले गत मंसिर ३ गते नेपाल धितोपत्र बोर्ड(सेबोन)मा निवेदन दिएकोमा बोर्डले गत माघ १० गते आईपीओ निष्कासनको अनुमति दिएको थियो ।  

 


Share this with your friends: