मानुषी लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

2021-08-15
मानुषी लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज(साउन ३१ गते)अन्तिम दिन रहेको छ । संस्थाद्वारा गत साउन २७ गतेदेखि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । संस्थाले ३ लाख कित्ता बढी आईपीओ निष्कासन गरेको हो । 

संस्थाले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँबराबरको रु. १०० रुपैयाँ अंकित दरका ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गरेको हो । जारी पूँजीको ०.५ प्रतिशत अर्थात कुल निष्कासनमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र कुल निष्कासनको ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित राखि बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिएको हो । 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। 

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । 

आईपीओ निष्कासनका लागि संस्थाले नेपाल धितोपत्र बोर्डबाट गत असार ३१ गते अनुमति प्राप्त गरेको थियो ।   


Share this with your friends: