मितेरी डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन

2020-12-29
मितेरी डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। 

नेप्सेले बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३३७ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता ३८७ रुपैयाँ थियो। 

बैंकले गत आर्थिक वर्ष २०७६/७७ का लागि १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांस गरी कुल १५.७९ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। 
यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ।

 

 

 


Share this with your friends: