मितेरी डेभलपमेन्ट बैंकको १५% बोनस सेयर नेप्सेमा सूचीकृत

2021-02-11
मितेरी डेभलपमेन्ट बैंकको १५% बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा बैंकले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीलाई वितरण गरेको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो। 

नेप्सेमा बैंकको १५ प्रतिशत अर्थात १० लाख ४० हजार ०५६.८७५ कित्ता बोनस सेयर सूचीकृत भएको छ। 

मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षका लागि १५ प्रतिशतले हुन आउने १० करोड ४० लाख ५ हजार ६८७.५० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशतले हुन आउने ५४ लाख ७३ हजार ९८३.५६ रुपैयाँबराबरको नगद लाभांश वितरण गरेको थियो। 

 


Share this with your friends: