मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

2022-02-23
मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा बैंकको १३.३० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । 

बैंकद्वारा सेयरधनीहरुलाई वितरण गरिएको १३.३० प्रतिशत बोनस सेयर अर्थात १० लाख ६० हजार ५११.३३ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांस गरी कुल १४ प्रतिशत लाभांस वितरण गरेको थियो ।    


Share this with your friends: