मिर्मिरे लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-03-18
मिर्मिरे लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। संस्थाद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ९.१९ प्रतिशत बोनस सेयर र ०.४८ प्रतिशत नगद लाभांस गरी कुल ९.६७ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। 

लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले चैत ८ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै संस्थाद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्। 

संस्थाद्वारा प्रस्तावित कुल लाभांसमा चुक्तापूँजी ३९ करोड ६१ लाख ४६ हजार ६४१।५० रुपैयाँको ९।२० प्रतिशतले हुन आउने ३ करोड ६४ लाख ४५ हजार ४९० रुपैयाँ बराबरको बोनस सेयर र ०।४८२९४४ प्रतिशतले हुन आउने १९ लाख १३ हजार १६५ रुपैयाँ बराबरको नगद लाभांस९कर प्रयोजनका लागि० रहेका छन्। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको चैत १८ गते आयोजना हुने वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ। 

 


Share this with your friends: