मुक्तिनाथ कृषि कम्पनीद्वारा आईपीओ निष्कासनको अनुमति माग

2022-03-14
मुक्तिनाथ कृषि कम्पनीद्वारा आईपीओ निष्कासनको अनुमति माग

काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत फागुन २० गते बोर्डमा आवेदन दिएको हो । 

कम्पनीले ४ करोड रुपैयाँको रु.१०० अंकित दरका ४ लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको हो । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।


Share this with your friends: