मेगा बैंक र लक्ष्मी बैंकको सेयरमूल्य समायोजन

2021-01-01
मेगा बैंक र लक्ष्मी बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले दुईवटा बैंकको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले मेगा बैंक लिमिटेड र लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेका बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। 

मेगा बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै नेप्सेले बैंकको प्रतिकित्ता सेयरको मूल्य २५० रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता २७५ रुपैयाँ कायम थियो। बैंकको गत मंसिर २ गते गते बसेको सञ्चालक समितिको बैठकले गत आ.व का लागि १० प्रतिशत बोनस सेयर र ३.०५ प्रतिशत नगद लाभांस गरी कुल १३.०५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको थियो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आउँदो पुस २९ गते आयोजना हुने आगामी १० औँ वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने छ। 
यस्तै लक्ष्मी बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ९ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै नेप्सेले बैंकको प्रतिकित्ता सेयरको मूल्य २६२ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता २८६ रुपैयाँ कायम थियो। बैंकले गत आ.व का लागि ९ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद लाभांस गरी कुल ११.५ लाभांस वितरणको प्रस्ताव गरेको थियो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने छ। 

 


Share this with your friends: