मेगा बैंकद्वारा रु ७ लाख बीमा रकम हस्तान्तरण

2021-07-29
मेगा बैंकद्वारा रु ७ लाख बीमा रकम हस्तान्तरण

काठमाण्डौ । मेगा बैंक लिमिटेडले बीमा रकम हस्तान्तरण गरेको छ । बैंकले दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई बीमाबापत ७ लाख रुपैयाँ प्रदान गरेको हो।

बैंकले हिमालय गुरुङकी श्रीमती ममिता गुरुङलाई मेगा बैंक इटहरी शाखाका प्रबन्धक शिकन्दर थापामार्फत बीमा बापतको ७ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । गुरुङले ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका थिए । संखुवासभा स्थायी घर भएका गुरुङको २०७७ मंसिर १ गते काठमाण्डौको बालाजुमा दुर्घटनामा निधन भएको थियो। 

न्यूनतम १ हजार रुपैयाँ मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’मा बैंकले हरेक खातावालाको ७ लाख रुपैयाँको दुर्घटना बीमा गरिदिएको छ। ग्राहक र तिनका परिवारलाई भइपरी आउने यस्ता घटनाबाट सहायता मिलोस् भनेर बैंकले ग्राहकलाई यो योजना ल्याएको बैंकका प्रमुख सूचना अधिकारीले जानकारी दिए। 


Share this with your friends: