मेगा बैंकद्वारा बाराको जीतपुरमा नयाँ शाखा विस्तार

2021-08-06
मेगा बैंकद्वारा बाराको जीतपुरमा नयाँ शाखा विस्तार

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ। 

बैंकले प्रदेश नम्बर २ अन्तर्गत बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा नयाँ शाखा विस्तार गरेको हो। यो मेगा बैंकको १८५ औँ शाखा हो।

मेगा बैंकले केही दिनअघि ६ वटा नयाँ शाखा विस्तार गरेको थियो। मेगा बैंकले निकट भविष्यमै थप ९ वटा शाखा विस्तार गर्ने तयारी गरेको छ।


Share this with your friends: