मेगा बैंकले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

2021-11-23
मेगा बैंकले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । मेगा बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले ११ औँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी मंसिर २८ गते मंगलबारका दिन नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा बैंकको सञ्चालक समितिका तर्फबाट प्रस्तावित १० प्रतिशत बोनस सेयर र २.०७ प्रतिशत नगद लाभांस गरी कुल १२.०७ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र यसमा कुनै फेरबदल गर्न नियमनकारीबाट कुनै निर्देशन प्राप्त भएमा सोहि बमोजिम फेरबदल गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरिनेछ। 

बैंकमा अर्को कुनै बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने(मर्जर)तथा प्राप्ति गर्ने र यस सम्बन्धि सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने पस्ताव पारित गरिनेछ। 

सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८र७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि बैंकले आगामी मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

 


Share this with your friends: