मेगा बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-11-29
मेगा बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १२.०७ प्रतिशत लाभांस सुरक्षित गर्ने आज(मंसिर १३ गते)अन्तिम दिन रहेको हो । 

लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १४ गते एकदिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्। 

बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि १० प्रतिशत बोनस सेयर र २.०७ प्रतिशत नगद लाभांस गरी कुल १२.०७ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको मंसिर २८ गते आयोजना हुन गईरहेको ११ औँ वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ।


Share this with your friends: