मेगा बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-11-30
मेगा बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ ।  मेगा बैंक नेपाल लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २९२.७३ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३२२ रुपैयाँ कायम थियो । 

बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र २.०७ प्रतिशत नगद लाभांस गरी कुल १२.०७ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ ।   


Share this with your friends: