मेगा बैंकद्वारा लाभांस प्रस्ताव

2020-12-17
मेगा बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । मेगा बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको आज(मंसिर २ गते) बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफा एवं वितरणयोग्य अन्य कोषहरुबाट हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र ३.०५ प्रतिशत नगदा लाभांस गरी कुल १३.०५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। बैंकद्वारा प्रस्तावित कुल १३.०५ प्रतिशत लाभांसमा हाल कायम चुक्तापूँजी रु.१३ अर्ब ३२ करोड २६ लाख ९५ हजार ४१६ को १० प्रतिशतले हुन आउने १ अर्ब ३३ करोड २२ लाख ६९ हजार ५४१ रुपैयाँ बराबरको बोनस सेयर र ३.०५ प्रतिशतले हुन आउने ४० करोड ६३ लाख ४२ हजार २१०.१९ रुपैयाँ नगद लाभांस रहेका छन्।

यसरी बैंकले बोनस र नगद लाभांस गरी कुल १ अर्ब ७३ करोड ८६ लाख ११ हजार ७५१ रुपैयाँ बराबरको लाभांस वितरणको प्रस्ताव गरेको छ। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी १० औँ वार्षिक साधारण सभाबाट अनुमोदन गरी सेयरधनीलाई वितरण गरिनेछ। 

 


Share this with your friends: