मेगा बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

2020-12-23
मेगा बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । मेगा बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले दशौँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले काठमाण्डौ कमलादीमामा अवस्थित बैंकको केन्द्रिय कार्यालयमा आउँदो पुस २९ गते बिहान ११.३० बजे अनलाइन भर्चुअल जुममार्फत सहभागी हुन सक्ने गरी सभा आयोजना गर्ने निर्णय गरेको छ। 

सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको १० प्रतिशत बोनस सेयर र ३.०५ प्रतिशत नगद लाभांस गरी कुल १३.०५ प्रतिशत लाभांस वितरणको विशेष प्रस्ताव पारित गरिनेछ। यस्तै बोनस सेयरपश्चात बैंकको पूँजी वृद्धि भई पूँजीगत संरचना संसोधन गर्नुपर्ने भएकाले बैंकको प्रबन्धपत्रको दफा ६ को(क), (ख) र (ग) मा संसोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। 

सभामा बैंकको प्रबन्धपत्रको प्रस्तावित संसोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। सभामा अन्य कुनै बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा समिति गठन गर्ने र यससँग सम्बन्धित सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

यसैगरी आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनामाथि छलफल गरि पारित गरिनेछ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आ।व २०७६/७७ को असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँड हिसाब, इक्वीटीमा भएको परिवर्तन स नगद प्रवाह विवरणमाथि छलफल गरि पारित गरिनेछ।   

साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि बैंकले आउँदो पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। 

 


Share this with your friends: