मोलुङ हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान, आईपीओ निष्कासनको प्रस्ताव पारित गरिने

2021-01-25
मोलुङ हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान, आईपीओ निष्कासनको प्रस्ताव पारित गरिने

काठमाण्डौ । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत माघ ५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ११ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले उक्त सभा आउँदो फागुन ०६ गते काठमाण्डौ रविभवनस्थीत कम्पनीको रजिष्टर्ड कार्यालयमा आयोजना गर्ने निर्णय गरेको छ। 

उक्त सभामा कम्पनीको जारी पूँजी वृद्धि गर्ने प्रस्ताव सहित साधारण सेयर(आईपीओ) निष्कासन गर्ने विशेष प्रस्ताव समेत पारित गरिनेछ। आईपीओ निष्कासनका लागि सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने र नियमनकारी निकायबाट अनुमति लिने प्रस्ताव पारित गरिनेछ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७६/७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरिनेछ। यसका साथै आ.व २०७६/७७ को लेखापरीक्षणको प्रतिवेदन सहित २०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र इक्वीटीमा आएको परिवर्तन र यससँग सम्बन्धीत अनूसूचीहरु पारित गरिनुका साथै आ.व २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।   

 


Share this with your friends: