मोलुङ्ग हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

2021-03-03
मोलुङ्ग हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

काठमाण्डौ । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले आम सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन(आईपीओ) गर्ने भएको छ। कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँबराबरको ३५ लाख ३१ हजार कित्ता आईपीओ जारी गर्ने भएको हो। 

कम्पनीले कुल कित्तामध्ये ८ लाख २ हजार ५ सय कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि छुट्याएको छ। कम्पनीले आईपीओ निष्कासनका लागि सनराइज क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ। हिजो काठमाण्डौको रविभवनस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा सनराइज क्यापिटल र मोलुङ्ग हाइड्रोपावर कम्पनीबीच  सम्झौता भएको छ । उक्त सम्झौतामा मोलुङ हाइड्रोपावरका तर्फबाट प्रबन्ध सञ्चालक अमृतकुमार महर्जन र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 


Share this with your friends: