यी दुई कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2022-01-03
यी दुई कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत २ कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । रिलायन्स फाइनान्स लिमिटेड र सिभिल बैंक लिमिटेडद्वारा प्रस्तावित लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । यी दुवै संस्थाहरुले लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि भोलि(पुस २० गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै संस्थाहरुद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् । 

रिलायन्स फाइनान्स कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ का लागि १५.७९ प्रतिशत र सिभिल बैंकले ५.२६ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । यी दुवै लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाहरुको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 


Share this with your friends: