यी ५ कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-12-29
यी ५ कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत ५ वटा कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । समिट लघुवित्त,मन्जुश्री फाइनान्स,चिलिमे हाइड्रोपावर,एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी र इन्फिनिटी लघुवित्तद्वारा प्रस्तावित लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । यी ५ वटै कम्पनीहरुले लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि भोलि(पुस १५ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीहरुद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् । 

समिट लघुवित्तले गत आर्थिक वर्षका लागि २५.२८,मन्जुश्री फाइनान्सले ४० प्रतिशत,चिलिमे हाइड्रोले १५ प्रतिशत,एनआरएन इन्फ्रास्ट्रक्चरले ५.२६ र इन्फिनिटी लघुवित्तले २९.१६ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ ।  


Share this with your friends: