युनिक नेपाल लघुवित्तद्वारा विशेष साधारण सभाको मिति परिवर्तन

2021-05-07
युनिक नेपाल लघुवित्तद्वारा विशेष साधारण सभाको मिति परिवर्तन

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो पहिलो विशेष साधारण सभाको मिति परिवर्तन गरेको छ । संस्थाले कोरोनाको संक्रमणका कारण उत्पन्न भएको परिस्थिती तथा वित्तीय संस्थाका अध्यक्ष र कार्यकारी निर्देशक दुवै जना कोरोनाबाट अस्वस्थ भएका कारण विशेष साधारण सभाको मिति परिवर्तन गर्नुपरेको जनाएको छ । 

नयाँ निर्णय अनुसार अब संस्थाको विशेष साधारण सभा आगामी जेठ ४ गते मंगलबारका दिन ११ बजे आयोजना हुने भएको छ । यसअघि संस्थाको चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले यहि वैशाख २५ गते शनिबारका दिन संस्थाको पहिलो विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको थियो । 


Share this with your friends: