युनियन हाइड्रोपावरद्वारा विशेष साधारण सभा आह्वान

2022-04-22
युनियन हाइड्रोपावरद्वारा विशेष साधारण सभा आह्वान

काठमाण्डौ । युनियन हाइड्रोपावर लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको वैशाख ८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको विशेष साधारण सभा डाकेको हो । 

बैठकले आगामी वैशाख २३ गते शुक्रबारका दिन काठमाण्डौ ललितपुर धोबिघाटमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको प्रबन्धपत्रको दफा(क)र (ख)मा संशोधन गर्ने तथा सञ्चालक विष्णुप्रसाद पाण्डेको राजीनामा स्वीकृत तथा नयाँ सञ्चालक नियुक्त गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  


Share this with your friends: