युरोपको हवाई विमान कम्पनीले सबै यात्रुको कोरोना बीमा गर्ने

2020-09-23
युरोपको हवाई विमान कम्पनीले सबै यात्रुको कोरोना बीमा गर्ने

काठमाण्डौ । युरोपको हवाई विमान कम्पनी युरोविङ्सले सन् २०२१ को अन्त्यसम्म हवाई बुकिङ गर्ने सबै यात्रुको कम्प्लिमेन्टरीका रुपमा कोरोना बीमा गर्ने भएको छ। यो बीमा पोलिसीको अन्डरराइटरका रुपमा जर्मन बीमा कम्पनी हान्सेमर्कुर रहनेछ। 

यद्यपि कम्प्लिमेन्टरी कोरोना बीमा सेप्टेम्बर २७ अघि गरिएका बुकिङहरुमा मात्रै समावेश गरिनेछ। सेप्टेम्बर २७ पछि गरिएका बुकिङहरुका लागि भने यात्रुहरुले अतिरिक्त रकम तिरेर आफ्नो बुकिङमा कोरोना बीमालाई समावेश गर्न सक्ने कम्पनीले जनाएको छ। 

यो बीमा पोलिसीले कोरोनाका कारण रद्द भएको यात्रालाई कभर गर्नेछ। जस्तै, कुनै यात्रुमा स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिए यात्रा गर्न असर्मथ हुन्छ भने वा विमानस्थलमा गरिने तापमान परीक्षणमा असफल हुन्छ भने यो पोलिसीले त्यसलाई कभर गर्नेछ। 

यस्तै यो पोलिसीले बाह्य स्वास्थ्यसँग सम्बन्धित कोभिड १९ खर्चहरु पनि कभर गर्नेछ। यसमा अस्पताल भर्ना भएको खर्चहरु पनि समावेश गरिनेछ। 
यदि कोरोनाभाइरसका कारण यात्रुहरुको यात्रा अवरुद्ध हुन गयो भने, यात्रुहरुको विस्तारित वसाईको कभरेज पनि यो पोलिसीले गर्ने जनाइएको छ। 

 


Share this with your friends: