काठमाण्डौ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको आज(असोज १४ गते)बिहिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट चुक्तापूँजीको १२.६ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको हो ।
कम्पनीद्वारा प्रस्तावित लाभांस कम्पनीको आगामी कात्तिक १२ गते आयोजना हुने २० औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।