राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ नियुक्त

2021-06-24
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ नियुक्त

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्र रजिष्ट्रारको रुपमा आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ। 

सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब बैंकको ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका ऋणपत्रधनीहरुको लागत अद्यावधिक गरी राख्ने तथा ऋणपत्रधनीहरुको ब्याज भुक्तानी सम्बन्धी सम्पूर्ण कार्य गर्नका तथा ऋणपत्र रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु आरबिबि मर्चेन्ट बैंकिङले गर्नेछ। 


Share this with your friends: