रिभर फल्स पावरद्वारा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन

2022-04-10
रिभर फल्स पावरद्वारा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले आज(चैत २७ गते)देखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका वासिन्दाका लागि ७ करोड रुपैयाँ बराबराको रु. १०० अंकित दरका ७ लाख कित्ता सेयर आईपीओ निष्कासन गरेको हो । जुन कम्पनीको जारी पूँजी ७० करोड रुपैयाँको १० प्रतिशत हुन आउँछ । 

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन बन्द छिटोमा आगामी वैशाख ११ गते र ढिलोमा वैशाख २६ गते बैंकिङ समयपछि हुनेछ । 

संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।


Share this with your friends: