रिभर फल्स पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

2022-05-18
रिभर फल्स पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको आईपीओमा आवेदन दिने आज(जेठ ४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख २८ गतेदेखि आम सर्वसाधारणका लागि २७ करोड ३० लाख रुपैयाँको रु. १०० अंकित दरका २७ लाख ३० हजार कित्ता सेयर आईपीओ निष्कासन गरेको छ । 

निष्कासन गरिएको कुल सेयरमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता म्युचुअल फन्डका लागि र बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।  

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।


Share this with your friends: