रिलायन्स फाइनान्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-04-22
रिलायन्स फाइनान्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १०.५३ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। 

लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख १० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन्। 

कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ का लागि १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांस गरी कुल १०.५३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्पनीको आगामी वैशाख २२ गते आयोजना हुने वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ।  

 


Share this with your friends: