रिलायन्स फाइनान्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-04-23
रिलायन्स फाइनान्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। 
 
सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता २६२ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता २८८ रुपैयाँ थियो। 
 
कम्पनीले गत आर्थिक वर्षका लागि १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांस गरी कुल १०.५३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्पनीको आगामी वैशाख २२ गते आयोजना हुने वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ। 

 


Share this with your friends: