काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको चौँथो वार्षिक साधारण सभा आज काठमाण्डौ शंखमुलमा रहेको अनमोल बैंक्वेयटमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुदैछ ।
उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ५.२३६२ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै कम्पनीको नियमावलीमा प्रस्ताव भएबमोजिम संशोधन गर्ने र यसमा नियमनकारी नियकासबाट कुनै सुझाव वा निर्देशन भएमा सोहि बमोजिम गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विेशष प्रस्ताव गरिनेछ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ।व २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असारमसान्तको वासलात, नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ।