रुरु जलविद्युतको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-09-23
रुरु जलविद्युतको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ ।  रुरु जलविद्युत परियोजना लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १२०६ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता १३२७ रुपैयाँ कायम थियो । 
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांस र आर्थिक वर्ष २०७६/७७ का लागि १०.५२६३ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको छ । 

यो लाभांस कम्पनीको आगामी असोज १६ गते आयोजना हुन गईरहेको कम्पनीको वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ । 


Share this with your friends: