काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि लाभांस प्रस्ताव गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७६÷७७ र २०७७÷७८ का लागि लाभांस प्रस्ताव गरेको हो।
कम्पनीको सञ्चालक समितिको भदौ १ गते बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि चुक्तापुँजीको १०.५२६३ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको छ । यसैगरी सोहि बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।