रुरु जलविद्युत कम्पनीको दुई आर्थिक वर्षको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-09-22
रुरु जलविद्युत कम्पनीको दुई आर्थिक वर्षको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको दुई आर्थिक वर्षको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांस र आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित १०.५२६३ प्रतिशत नगद लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 

लाभांस वितरणका लागि कम्पनीले असोज ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् । कम्पनीको गत भदौ १ गते गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि चुक्तापुँजीको १०.५२६३ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको छ । यसैगरी सोहि बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको छ ।  

लाभांस वितरणको प्रस्ताव पारित गर्न कम्पनीले आगामी असोज १६ गते काठमाण्डौ हात्तिसारमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । 


Share this with your friends: