रुसको बीमा बजारमा विदेशी कम्पनीहरुलाई प्रवेश खुला

2021-07-09
रुसको बीमा बजारमा विदेशी कम्पनीहरुलाई प्रवेश खुला

काठमाण्डौ । रुसले विदेशी बीमा कम्पनीहरुलाई आफ्नो बीमा बजारमा प्रवेश गर्न ढोका खोलेको छ। रुसमा विदेशी बीमा कम्पनी स्थापना तथा बीमा गतिविधिहरु गर्न पाउने सम्बन्धि कानुनमा राष्ट्रपति भलादिमिर पुटिनले हस्ताक्षर गरसँगै विदेशी बीमा कम्पनीहरुका लागि रुस खुला भएको हो। 

यससम्बन्धि दस्तावेज कानुनी जानकारी प्रदान गर्ने आधिकारिक पोर्टल टिएएसएसमा गत जुलाई २ गते प्रकाशित गरिएको थियो। 

यो कानुनको मुख्य उदेश्य विश्व व्यापार संगठन(डब्लुटीओ)का सदस्य राष्ट्रहरुबाट विदेशी बीमा कम्पनीहरुको शाखा कार्यालयहरुलाई घरेलु बजारमा प्रवेश गर्न दिनका लागि रुसको दायित्वालाई पुरा गर्नु  तथा राष्ट्रिय बीमा बजारको रक्षा र रुस तथा विदेशी बीमा कम्पनीहरुबीचको  स्वस्थ प्रतिष्पर्धालाई सन्तुलन राख्नु रहेको बताइएको छ। त्यस्तै विदेशी बीमा कम्पनीहरुलाई रुसी बीमा कम्पनीहरु सरह समान स्वतन्त्र कम्पनीको दर्जा दिइनेछ। 

तथापी विदेशी बीमा कम्पनीहरुको गतिविधिहरुको इजाजतपत्र स्वेच्छिक प्रकारको बीमा, पुनर्बीमा र सवारी साधनधनीहरुको अनिवार्य नागरिक दायित्व बीमामा सीमित रहने छ। 

विदेशी बीमा कम्पनीलाई आफुले दर्ता गर्ने राज्यहरुको राष्ट्रिय कानुनको आवश्यकता अनुरुप गणना गरिने दरहरु लागू गर्न सक्ने अधिकार रहेको छ। विदेशी बीमा कम्पनीरुले रुसको बीमा नियामक‘रसियन इन्स्योरेन्स सुपरभाइजरी अथोपिरटी’को इन्स्योरेन्स रिर्जभ गठनका लागि प्रावधानहरु प्रस्तुत गर्नुपर्ने आवश्यकता पर्ने छैन। 

यसका साथै विदेशी बीमा कम्पनीहरुले आफ्ना शाखा कार्यालयहरुमार्फत बीमा र पुनर्बीमा सम्झौता अन्तर्गत रुसमा सञ्चालन गरेका कार्यहरु डेटाबेस सूचना प्रणालीहरुमा राख्नुु पर्नेछ। यसरी सूचना प्रणालीहरुमा राखिएका बीमकका डेटाहरु ५ वर्षसम्म डेटाबेसमा स्टोर हुनेछ।  

 


Share this with your friends: