लक्ष्मी इक्विटी फन्डको ३५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

2021-07-29
लक्ष्मी इक्विटी फन्डको ३५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फन्डको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांस वितरण प्रयोजनका लागि कोषले भोलि(साउन १५ गते)एक दिनका लागि बुक क्लोज(दर्ता किताब बन्द)गर्ने निर्णय गरेकाले आजसम्म कायम इकाईधनीहरु मात्रै कोषद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन् । 

फन्डले गत आर्थिक वर्ष २०७७/७८ का लागि आफ्ना इकाईधनीहरुलाई घोषणा गरेको ३५ प्रतिशत नगद लाभांस वितरणको घोषणा गरेको छ ।  

कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले ३५ प्रतिशत नगद लाभांस वितरणको घोषणा गरेको थियो । 


Share this with your friends: