लक्ष्मी बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-12-10
लक्ष्मी बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित ८ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २७०.३७ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता २९२ रुपैयाँ कायम थियो । 

बैंकले गत आर्थिक वर्ष २०७७/७८ का लागि ८ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांस गरी कुल ११.५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। 


Share this with your friends: