लुम्बिनी विकास बैंकद्वारा ५ वर्ष पुरानो अवितरित लाभांस बुझिलिन आग्रह

2021-09-03
लुम्बिनी विकास बैंकद्वारा ५ वर्ष पुरानो अवितरित लाभांस बुझिलिन आग्रह

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले ५ वर्षभन्दा पुरानो अवितरित लाभांस बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले विभिन्न साधारण सभाहरुबाट पारित भएका ५ वर्षभन्दा बढी अवधिका लाभांस रकम सेयरधनीहरुले हालसम्म पनि लिन नआएकाले उक्त रकम बुझिलिन आग्रह गरेको हो । 
सेयरधनीहरुले आफ्नो परिचय खुल्ने प्रमाणसहित सूचना प्रकाशित भएको ३० दिनभित्र बैंकको डिल्लीबजारमा रहेको केन्द्यि कार्यालयमा सम्पर्क गरी लाभांस रकम लिन सक्नेछन् । 

उल्लेखित मितिभित्र पनि लाभांस रकम बुझिलिन नआएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।   


Share this with your friends: